गायक पशुपति शर्मा सवार कार दुर्घटना

spot_img

काठमाडौं । सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

कारमा सवार ४ जनालाई सामान्य चोट लागेको छ । गायक शर्माको देब्रे हातको कान्छी औंलामा चोट लागेको छ ।

कारकाे अगाडि भागमामा सामान्य क्षति पुगेको छ । गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार