काठमाडाैँ । दुई दशकदेखि सक्रिय बलिउड अभिनेत्री दीपिका पादुकोण हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार समेत बनिन् ।
यस सम्मानका कारणा चर्चामा आएकी दिपीकाले अर्काे एक रेकर्ड राखेकी छिन् ।
उनकाे इन्स्टाग्रामकाे एक रिल्सले सबैभन्दा बढी हेरीएकाे रिल्सकाे विश्व किर्तिमान कायम गरेकाे छ । इन्स्टाग्राममा ८ करोड मात्रै फलोअर्स भएकी दिपिकाकाे उक्त इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ ।
दीपिकाले बनाएको रिल हिल्टन होटलमा बनाइएको हो । जुन रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।
यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको रिल्सलाई १.६ बिलियन भ्यूज र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको रिल्समा ५०३ मिलियन भ्यूज आएको थियो ।
दीपिकाले यी दुबैको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छिन् ।

