‘पूजा, सर’ फ्रान्सका ६३ वटा हलमा एकसाथ रिलिज

spot_img

काठमाडौं । दीपक रौनियार निर्देशित नेपाली चलचित्र ‘पूजा, सर’ (राजागन्ज) फ्रान्सका ६३ वटा सिनेमाहलमा एकैपटक रिलिज हुने भएको छ ।

अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्यामा नेपाली चलचित्र रिलिज हुन लागेको यो पहिलोपटक हो ।फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो ।

यो फिल्मलाई फ्रान्सेली मिडियाले प्रशंसा गरेका छन् । फिल्मले स्विजरल्याण्डमा पनि सफलता पाएको छ । मे महिनादेखि प्रदर्शनमा आएको फिल्म तीन महिना बितिसक्दा पनि अझै ५ वटा सहरहरूमा चलिरहेको जनाइएको छ ।

याे चलचित्र नेपालमा गत वर्षको चैत १ गते ‘राजागंज’को नामबाट रिलिज भएको थियो ।

‘राजागंज’ विसं २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनको कथामा बनेको छ ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डललगायत कलाकारको अभिनय छ ।

सम्बन्धित समाचार

ताजा समाचार