काठमाडौं । चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक चार मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई प्रस्तुत गरेको छ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।
प्रकाश सपूतले निर्देशन गरेको वसन्त चैत २२ गते प्रदर्शन हुँदैछ । चलचित्रमा कथा, पटकथा र संगीत प्रकाश स्वयंको छ ।
चलचित्रको ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा धेरै माथि छ।’ यसको जवाफमा वसन्त पात्रले सोध्छ, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि ?’

