काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा फेरी केपी ओली १६६३ को भारी मतले बिजयी भएका छन् । प्रतिस्पर्धीमा रहेका ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका छन् । चुनावी प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् । महासचिवमा नजिकको प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेल भने दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।
तर ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्ष पदमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका विजयी भएका छन् ।
यस्तो बनेको छ, नयाँ केन्दीय कमिटीका:
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

