काठमाडाैँ । नेकपा एमालेमा ११ औं महाधिवेशनमा एमालेको अध्यक्षका लागि केपी ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । ११औँ महाधिवेशनबाट अध्यक्ष बन्न ओली र पोखरेलले पदाधिकारीसहित प्यानलगत रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९ जना पदाधिकारीको टुंगो लगाएको छ ।
अध्यक्षमा केपी ओली उपाध्यक्षमा उपाध्यक्षमा बिष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको उम्मेदवारी रहेकाे छ ।
महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् ।
उप महासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र बिष्णु रिमालको उम्मेदवारी रहेकाे छ ।
९ सचिवका उम्मेदवारमा भानुभक्त ढकाल, पद्मा अर्याल, छबिलाल बिश्वकर्मा, खगराज अधिकारी यामलाल कडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।
संस्थापनविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।
यो टिमबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ । त्यसमा एक जना बढी भएकाले पछि छलफल गरेर मिलाइने पोखरेल समूहका एक नेताले बताए ।
ओली समूहले नसमेटेपछी रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै अष्टलक्ष्मी शाक्यको प्रस्तावमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् । स्वतन्त्र उम्मेवारि दिएकालाइ पाेखरेल प्यानलले समेटेकाे हाे ।
यस्तै उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौधरीको उम्मेदवारी रहेको छ भने महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ।
बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उम्मेदवार बनेका हुन् ।
यस्तै सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।

