तेस्राेपटक अध्यक्ष हुन ओलीद्वारा उम्मेदवारी दर्ता

spot_img

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनमा पुनः अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा सोमबार अपराह्न ओलीले अध्यक्षका लागि पुनः उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीले योसँगै तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए ।

ओलीभन्दा अगाडि ईश्वर पोखरेलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेमा आज उम्मेदवारी मनोनयन र भोलि ११ बजेदेखि नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । दुवै पक्षले पदाधिकारी र केन्द्रीय सदस्यमा प्यानलसहित उम्मेदवारी दर्ता गर्दै छन् ।

सम्बन्धित समाचार

ताजा समाचार