कुलमानकाे उज्यालाे नेपाल पार्टीको औपचारिक घोषणा

spot_img

काठमाडाैं।  ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङकाे उपस्थितिमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएकाे छ ।

प्रज्ञा भवनमा पार्टी घोषणा कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका हुन् ।तर कुलमान घिसिङ पार्टीका कुनै पनि पदमा छैनन्।

पार्टी घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिएकाे छ।

उनले विगत आठ वर्षदेखि आफू लगायतले चलाइरहेको उज्यालो अभियानलाई पार्टीमा रूपान्तरण गरेका हुन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार