खाली कागजमा हस्ताक्षर गर्ने कस्तो सांसद ? सही गराउने कस्तो पार्टी ? धिक्कार हो !

spot_img

काठमाडौँ । बुधबार प्रतिनिधि सभामा राप्रपा सांसद राेशन कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउनका लागि कांग्रेस र एमालेले हस्ताक्षर संकलन गरेको विषयलाई नौटंकीको संज्ञा दिएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएकी हुन् ।

उनले भिजिट भिसामा मान्छेलाई पठाएर गृहमन्त्रीले ठगी धन्दा गर्दा कारबाही नभएको तर सिफारिस मात्रै गर्दा उपसभामुखलाई महाभियोग लगाउन खोजेको बताएकी थिइन् ।

‘हिजो दिनभरि नौटंकी देखियो । कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली काजगमा हस्ताक्षर गराएको सुनियो । केको लागि भन्दा उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने रे,’ उनले भनिन्, ‘संवैधानिक परिषद्मा उहाँहरूलाई बहुमत पुगेन रे । आफ्ना आसेपासेहरूलाई नियुक्ति दिन उपसभामुखमाथि महाभियोग गलाउने कुरा चल्यो । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीय ? धिक्कार हो ।’

सम्बन्धित समाचार

ताजा समाचार