भारत भ्रमण अघि प्रधानमन्त्री चिन जादै

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनचीन भ्रमणमा जाँदैछन् । भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) बेइजिङमा आयोजना हुने सम्मेलनमा सहभागी हुन् भदौ १४ गते उनी चीन जान लागेका हुन् ।

यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएकाे छ ।

क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको एससीओमा  १० देशहरु सदस्य छन् ।

२०१६ देखि यो सम्वाद साझेदार बनेको नेपाल सहित यस संगठनमा चीन, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् ।

यस सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षाका विषयमा छलफल हुने बताइएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार