इन्द्रबहादुर बानियाँ बागमती प्रदेश मुख्यमन्त्रीमा नियुक्त, ७ महिना २० दिनका लागि पदमा रहने

spot_img

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएसँगै इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनियताको शपथ खुवाए । प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ जम्मा ७ महिना २० दिन मात्र मुख्यमन्त्री हुनेछन् । मंगलबार मुख्यमन्त्री भएका बानियाँले नैतिकताका आधारमा आगामी चैत ७ गते पद छाड्नुपर्नेछ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार पहिलो २० महिना कांग्रेसले र त्यसपछिको २० महिना एमालेले मुख्यमन्त्री बन्नेछन् ।साेहि सहमतिअनुसार २०८२ चैत ७ गतेपछि एमालेको पालो आउनेछ ।

नेपाली कांग्रेसमै पनि बानियाँ र बहादुरसिंह लामाबीच मुख्यमन्त्री आधा-आधा चलाउने लिखित सहमति भएको भएपनि तर लामाले बानियाँलाई मुख्यमन्त्री हस्तान्तरण नगरेकाले अविश्वासकै प्रस्ताव ल्याएर हटाउनु परेको बताइएको छ । लामाले सहमतिअनुसार समयमा पद हस्तान्तरण नगर्दा बानियाँको मुख्यमन्त्रीको कार्यकाल केही महिना घटेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार