नाउपाको विवाद चुलियाे, रञ्जिता श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्य दुवैबाट हटायो

spot_img

काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापकहरूको बैठकले रञ्जितालाई श्रेष्ठलाई अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी बर्खास्तको निर्णय गरेकाे हाे ।

बुधबार बसेको संस्थापक तथा संरक्षक रेशम चौधरीसहितको बैठकले श्रेष्ठलाई पार्टीबाट निष्काशनको निर्णय गरेको हो ।

पोखराको बाटुलेचौरको जग्गा प्रकरणमा जोडिएर श्रेष्ठले घुस डिल गरेको अडिओ सार्वजनिक भएसँगै उनी विवादमा तानिएकी थिइन् । त्यसपछि उनले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव वास्ताोलालाई दिएकी थिएन ।

बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएपछि पार्टीका संरक्षक रेशम चौधरीसहितका नेताहरूले असन्तुष्ट जनाएका थिए । रञ्जिता पक्षले भने विधानमा अध्यक्षलाई हटाउने प्रावधान नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने जनाएको छ । केही नेताहरूको उपस्थितिमा गरिएको कारवाही मान्य नहुने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार