भिजिट भिसा प्रकरण: ५९औँ दिन पनि बाहिरीए रास्वपा र राप्रपा

रास्वपा र राप्रपााकाे अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेकोमा ताेसीमा कार्कीकाे प्रश्न : 'दुई प्रतिपक्षी दलले निरन्तर विरोध गरेतापनि निर्वाध रुपमा यो संसद किन चलिरहेको छ ? यो संसद् कसको हो ? जनताको आवाज हो कि सरकारको कठपुतली हो ?’

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४९औँ  दिन पनि प्रतिनिधि सभाबाट बाहिरीएका छन् । दुवै दलका सांसदहरूले बैठक सुरु भएपछि आफ्ना कुरा राखेर बाहीरीएका हुन् ।

सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेंटी कसेर बसेर विरोध जनाए । पछिल्लो समय आफ्ना कुरा राख्ने र बाहिरिने गर्दै आएका छन् ।

उनीहरूको अवरोधका बाबजुत प्रतिनिधि सभाको बैठक चलिरहेको छ ।

विगतमा झैँ बिहीबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबट बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैलीमा राज्य चलाउन उद्धत रहेको आरोप लगाइन् ।

उनले ललितपुरमा मन्त्री क्वार्टर बनाउने नाममा नागरिकलाई हिड्न गाह्रो हुने गरी संरचना बनाउन लागि परेको विषय उठाइन ।  सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन र सुशासनको प्रतिबद्धता आएको तर, व्यवहारमा ठिक उल्टो रहेको बताइन् । भिजिट भिसाको नाममा भएको अपारदर्शी लेनदेनबारे छानबिन माग गर्दा आफूहरूको आवाज नसुनिएको उनको गुनासो छ ।

‘दुई प्रतिपक्षी दलले निरन्तर विरोध गरेतापनि निर्वाध रुपमा यो संसद किन चलिरहेको छ ? यो संसद् कसको हो ? जनताको आवाज हो कि सरकारको कठपुतली हो ?,’ उनले प्रश्न गरिन् । साथै उनले इतिहासले यसको समीक्षा गर्ने बताइन । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने रास्वपाकाे माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले भिजिट भिसाको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने र संसदीय छानबिन समिति नबनेसम्म संसद्को गतिविधिमा भाग नलिने बताए ।

बुधबार सभामा बोलेकी रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नाममा नेपाली बेचिने काम भइराखेको, तस्करको सेटिङ नरोकिएको र यो गम्भीर विषय भएको बताएकी थिइन् ।

७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद्मै रहेको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन जताततै भ्रष्टाचार रहेको बताउँछन् । भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने आग्रह गरेका थिए ।

भ्रष्टाचारसँग सम्बन्धित विषयमा समेत छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने लिङ्देनको चेतावनी दिएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार