काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई उचित ढढंगले बुझ्न नसकेकाे बताएका छन् ।
४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार बीपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार : बीपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
शर्माले बीपीलाई बुझ्न सके देशकाे विकास चाँडाे हुने बताए । उनले भने, ‘बीपी कोइरालालाई सही मानेमा जति चाँडो जति सही मानेमा बुझ्न सकिन्छ, त्यति चाँडो देशको उन्नतिलाई सहज बनाउन सकिन्छ ।’
बीपीलाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी समेमत गरेका छन् । यसका सुाथै उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै नै कमजोरी भएको उल्लेख गरे ।
‘बीपी कोइरालालाई बुझ्ने सवालमा, बीपी कोइरालालाई चिन्ने सवालमा, विपी कोईरालालाई आत्मसात गर्ने सवालमा नेपालको भिन्न-भिन्न शक्तिहरूबाट कमजोरी भएको छ’, महामन्त्री शर्माले भने, ‘हामीबाट एउटा कमजोरी भएको छ, नेपालका कम्युनिष्टहरूले अर्को कमजोरी गरेका छन्, र राजसंस्थाले गरेको कमजोरी त झनै गम्भीर छ।’

