पार्टी विभाजन गर्ने तत्व सलबलाएकाले एकताबद्ध हुन ओलीको निर्देशन

spot_img

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्त्व सलबलाएकाेले एकतावद्ध हुन निर्देशन दिएका छन् ।

साेमबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीकाे नवाैं बैठकमा अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति हुनबाट राेक्न पार्टी विभाजन गर्ने तत्त्वहरू सलबलाएकाे दाबी गरेका हुन् ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘नेकपा एमालेलाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ४८ मा प्रस्तुत गर्नुपर्ने भएकाेले पार्टीका सबै पंक्तिलाई एकताबद्ध भएर प्रस्तुत हुन अध्यक्षले निर्देशन दिनुभएकाे छ ।’

ओलीले २०७७ सालदेखि पार्टी कमजोर बनाउन खोजिएको प्रसंग उल्लेख गरेकाे गाैतमले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार