घुस डिल प्रकरणमा नाम लिइएका भूमि मन्त्रीकाे दाबी – अडियाे मेराे हाेइन, चरित्र हत्या गर्न खाेजियाे

spot_img

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक भएका अडियो आफ्नो नभएकाे र चरीत्र हत्या गर्न आफ्नाविरुद्ध अडियो तयार पारिएको दाबी  गरेका छन् ।

बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आफूबारे सार्वजनिक भएको अडिओ आफू र मन्त्रालयसँग सम्बन्धित नभएको  र आफ्नाे कुनै संलग्नता नरहेको दाबी गरेका हुन् ।

‘जग्गा र सरुवाको कुरा आएको छ । सरुवा नियमित प्रक्रिया हो,’ अधिकारीले भने ‘पोखराको मालपोत अधिकृतको कुरा छ, नियमित कुरा हो । मन्त्रीमात्र नभएर मेरो छोरालाई पनि जोडिएको छ । मालपोत अधिकृत पुसमा सारिएको छ । अडियो अहिले ल्याइएको छ, कुन नियतले ल्याइएको छ ?’

उनले अगाडि भने, ‘अहिले मेरो नाम र परिवारसँग जोडेर चरित्र हत्या गर्ने काम भएको छ । नाजायज अभिष्ट पूरा गर्ने उद्देश्य देखिन्छ । मेरो आवाज हो भने जस्तो सुकै कामकारबाही भोग्न तयार छु ।’

मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको छ ।

त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ ।’उनले यसलाई चरित्र हत्या गर्ने प्रयास भएको पनि बताए ।

‘…यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए ।’

सम्बन्धित समाचार

ताजा समाचार