काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट ल्याएको छ ।

आइतबार राष्ट्रिय सभा गृहमा बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।

नगरसभाकाे सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पास भइसकेपछि उपमेयर डंगोलले बजेट पेश गरेकी हुन् ।

महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। महानगरले सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रमा विनियोजन गरेको छ ।

यस्तै, पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट ल्याएको छ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।

बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार