मन्त्रीको घुस डिलबारे रास्वपाको प्रश्न : अडियोमा भनेका ‘बा’ को हुन् ?

spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको सार्वजनिक भएको अडियोबारे प्रश्न गरेकाे छ ।

आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका तर्फबाट बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रीकाे अडियाेकाबारे प्रश्न गरेकी हुन् ।

उनले भनिन, ‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो ।’

एक मन्त्रीले अर्को मन्त्रीको नाम लिएको स्मरण गराउँदै सार्वजनिक अडियाेमा भनिएका ‘बा’काे हुन् भनेर प्रश्न समेत गरीन । ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं । ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा ‘बा’ भनेको को हुन् ?’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको एउटा अडियो सार्वजनिक भएको छ । साेहि अडियोलाई लिएर संसद्‍मा प्रश्न उठेको हाे ।

सांसद श्रेष्ठले प्रश्नमाथि प्रश्न गरेकी छन्, ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ? पहिला पनि यस्तै अडियो काण्ड घटेको थियो – यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यहि दुई तिहाइ भनेको मिलिजुली भाग खानकालागि हो ? कसको तागतको भरमा, कसको संस्कारमा ? के फरक भयो त यी वर्षहरूमा ? जनताले के पाए ?

सम्बन्धित समाचार

ताजा समाचार