काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउन लागेकाे बताएका छन् ।
उनले टेरामस्क्स प्रकरणमा अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा महामन्त्री गगन थापाकाे भूमिका रहेको समेत बताए ।
बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाए ।
‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने ‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्, ।’ बस्नेतले भने ।
बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको समेत बैठकमा बताएका छन् ।

