प्रभु साहले च्याते निजामती सेवा विधेयक, पारीत भए आगो बाल्ने चेतावनी

spot_img

काठमाडौं । प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् ।

संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष साहले विधेयकको प्रति नै च्यातेका हुन् ।

उनले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी पनि दिएका छन् ।

गरिबको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खोजेको उनले बताए ।

उनले भने, ‘अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’

विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए ।‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई) रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर आग्रह गर्न चाहन्छु ।’

यति भनेर उनले बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडे ।

सम्बन्धित समाचार

ताजा समाचार