आहा रामारोशन !

spot_img

१२ बंड १८ खण्ड अर्थात १२ ताल १८ मैदान को उपनामले चिनिने सुदुर पश्चिमको एक सुन्दर गन्तब्य हो अछामको रामारोसन । समुन्द्री सतहबाट २ हजार ४ सय मिटरको उचाइमा रहेको रामारोशनको सुन्दरताको बर्णन गर्न सायदै कुनै सब्द छ । यसो भन्दा गफ जस्तो लाग्छ भने अनुभूति गर्न प्रत्यक्ष आफै पुग्नुपर्छ । सजिलै सहजै पैदल यात्रा नगरी गाडीमै आरामसाथ यहाँ पुग्न सकिन्छ । स्थानीय व्यक्तिहरुका अनुसार रामारोशन पुरै घुम्ने हो भने कम्तिमा पनि ३ दिन लाग्दछ ।

जगदुल्ला ताल र पारी मैदान रामारोशन

रामारोशन का बाह्र ताल मध्ये जिन्गले ताल सबै भन्दा ठुलो ताल र १८ मैदान मध्य किनेमिने मैदान सबै भन्दा ठुलो हो । यहाँ आएर प्राकृतिक सौन्दर्यताको अनुभब त गर्न सकिन्छ नै पछिल्लो समयमा पर्यटक हरुलाई थप आनन्द र रमाइलोको लागि जिन्गले ताल मा डुंगाको पनि ब्यबस्था गरिएको छ । त्यहाको ब्यबस्थापन समितिले तोके अनुसारको केहि शुल्क तिरेपछि डुंगाको मजा पनि लिन सकिन्छ ।

घना जंगल भएकोले विभिन्न बन्यजन्तु र चराचुरुङ्गी यहाँ रहेका छन् । यो क्षेत्र अबलोकन गर्दै गर्दा खोलानाला र चराचुरुङ्गीको आवाज ले मन सार्है आनन्दित बनाउँछ । मनसुनमा बाटो अलिक अप्ठ्यारो हुनेभएपनि यो गन्तब्य घुम्न सबैभन्दा रमाइलो यहि समय हुने गर्दछ ।

जगदुल्ला ताल रामारोशन

रामारोशन नामको पछाडीको किम्बदन्ती

रामारोशन नाम हुनुमा पनि आफ्नै छुट्टै कहानीहरु सुनिन्छन । रामा र रोशन करिब आधा घण्टाको दुरी मा रहेको दुइ भिन्न मैदानको नाम भएको र यही दुइ मैदानको नाम जोडेर रामारोशन नाम हुन गएको भन्ने एकथरिको भनाइ छ । अर्काथरीको भने उहिलेको समयमा रामा नाम गरेका एक राजा प्राय रोशन मैदानमा आएर आफ्नो समय बिताउने गर्दथे र त्यही राजा र मैदान को नाम जोडिएर रामा रोशन नाम भएको भनाइ रहेको छ ।

लामा दह, रामाराेशन

यहाँसम्म कसरी पुग्ने ?

यहाँ तिन तरिका बाट पुग्न सकिन्छ । पहिलो बाटो हो,  काठमाडौँबाट धनगढी हुदै डोटी २४ घण्टा अर्थात एकदिन र डोटीको दिपायल देखि अछामको साँफेबगर हुदै एक दिनको गाडी अथवा मोटरसाइकलको यात्रामा  रामारोशन क्षेत्रको मुखैमा पुग्न सकिन्छ ।

अर्को बाटो काठमाडौँबाट सुर्खेतहुँदै अछामको सदरमुकाम मंगलसेनभइएर गाडी अथवा मोटरसाइकलको यात्रा गरेर रामारोशन पुग्न सकिन्छ ।

अर्को बाटो काठमाडौँ देखि कालिकोट हुदै त्यहाँबाट ट्रेक गर्दै पनि रामारोशन पुग्न सकिन्छ । यो बाटो चै अलिक अप्ठ्यारो छ | साँफेबगर वा मंगलसेन जहाँबाट भएपनि रामारोशन पुग्नलाई यो दुई स्थानबाट गाडी रिजर्भ गरेर लानुपर्ने हुन्छ, लोकल गाडी पाईदैन ।

बाटुल्ला ताल, रामारोशन
रामारोशनमा बोटिङ्ग

यो भिडीयो हेर्नुहोस

सम्बन्धित समाचार

ताजा समाचार