राजावादीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् : प्रचण्ड

अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु ।

spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले कार्यकर्तालाई यस्ताे आग्रह गरेका हुन् ।

‘हामी जाइलाग्ने चाहीँ होइन । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन् । छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन् । यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस् । गर्नैपर्छ ।’

उनले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप समेत लगाए ।

उनले भने, ‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ ।’

 

सम्बन्धित समाचार

ताजा समाचार