काठहमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले णतन्त्र दिवसको दिन एमालेले गरेको प्रदर्शन लाजमर्दो भएको टिप्पणी गरेका छन् । पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकारको कुनै हैसियत नै नभएको समेत बताए ।
‘यो सरकारको त केही हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन, हैसियत पनि छैन । गफ हाँक्नेबोहक केही पनि छैन,’ उनले भने ‘उनीहरूले गफ गरे । हामीले गफ नै नगरी एक लाख मान्छे उतारेर देखायौं । यिनीहरूले गफ गरे, काठमाडौं कब्जाको, लाजैमर्दो । देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यिनीहरूलाई केही मतलब छैन । हामीले सक्छौं, सक्नैपर्छ ।’

