राजावादीकाे प्रदर्शन जुलुस कहाँ कहाँबाट निस्कदै छ ?

spot_img

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आज दिउँसो २ बजे रत्नपार्कमा आन्दोलन गर्दैछ । राजसंस्थाको माग गर्दै राजावादीले काठमाडाैँकाे रत्नपार्कमा गर्ने विराेध प्रदर्शन अघि विभिन्न स्थानबाट जुलुस निकाल्ने भएकाे छ ।

रत्नपार्कस्थित शान्ति बाटिकामा हुने राजावादीको प्रर्दशन अघि विरोध प्रदर्शनको र्‍यालीको नेतृत्व गर्न राजावादी नेताहरुलाई स्थान तोकिएको छ । जुलुसको नेतृत्व राप्रपा, राप्रपा नेपाल, संयुक्त जनआन्दोलन समिति लगायतका नेताले गर्ने भएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व गर्ने मैतिदेबीबाट निस्क्ने विरोध र्‍यालीमा प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि सहभागी हुनेछन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपतिशमशेर राणाले चाबहिलस्थित सिफल चौरबाट सुरु हुने जुलुसको नेतृत्व गर्नेछन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नारायणचौरबाट विरोध र्‍यालीको नेतृत्व गर्नेछन् ।

राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ बजारबाट सुरु हुने विरोध प्रदर्शनको नेतृत्व  गर्नेछन् ।

केशरबहादुर बिष्टको अगुवाईमा त्रिपुरेश्वरबाट विरोध र्‍याली सुरु हुने भएको छ ।

सबैतिरबाट आएको विरोध जुलुस शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने आन्दोलनरत पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार