काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकाे २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रमुख अतिथिमा बाेलाइएका प्रधानमन्त्री ओलीले अन्तिम समयमा समाराेहमा आउने नसक्ने भनि आयोगलाई खबर गर्दै अनुपस्थित भएका हुन् ।
१३ जेठको बिहान ११ बजे आयोगकाे २५औँ वार्षिकोत्सव समारोहकाे कार्यक्रममा बिहान ७ बजे प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीको व्यस्तताका कारण उपस्थित हुन नसक्ने खबर गरिएको आयोगले बतायाे ।
आयोगले प्रधानमन्त्री ओलीसँग १५ दिनपहिला नै समय निश्चित गरेको थियो । विगतको अभ्यास पनि प्रधानमन्त्री नै उपस्थित हुने भएकाले ओलीले आउने निश्चित गरेका पनि थिए ।
आयोगका हरेक वार्षिकोत्सवमा प्रधानमन्त्री ओली उपस्थित हुने प्रचलन छ । प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा उपप्रधानमन्त्रीलाई पठाउने अभ्यास थियो । तर, योपटक भने प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री मात्र होइन, प्रधानमन्त्री कार्यालयका मुख्य सचिवसहित कसैलाई पनि पठाएनन् ।
प्रधानमन्त्री ओलीले आयोगको कार्यक्रम किन बहिष्कार गरे भन्ने अहिले चासोको विषय बनेको छ । कतिपयले आयोगले प्रधानमन्त्री ओलीले ११ जेठको उत्तेजक अभिव्यक्तिलक्षित गर्दै आयोगले विज्ञप्ति निकालेरै ११ जेठमा ओलीले १५ जेठमा सडक कब्जा गर्ने र राजावादीविरुद्ध केन्द्रित हुन गरेको चर्को र उत्तेजक अभिव्यक्तिको आलोचना गरेको थियो ।
त्यही टिप्पणीका कारण ओलीले आयोगको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेको विश्लेषण भइरहेको छ ।

