काठमाडौँ । सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितको समस्या गिजोल्ने राज्यको नियतबारे प्रश्न गरेकी छन् । उनले
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले मिटरब्याज पीडितले कहिले न्याय पाउँछन् भनेर प्रश्न गरेकी हुन् ।
सुमनाले गौरीबहादुर कार्कीले दिएका सुझाव र श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुने समेत बताइन ।
‘मिटरब्याज पीडितले कतिञ्जेल आन्दोलन गरिरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो ? हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्न नसक्ने बताएका छन् । यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो । अहिले कामचलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो । पीडितले भेट्न जाँदा सिंहदरबार प्रवेशमा निषेध छ । मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन,’ उनले भनिन् ।
उनले आफ्नो पार्टीको साहु महाजन जोगााउन पीडितमाथि राजनीति नगर्न पनि आग्रह गरेकी छन् ।
‘किन पीडितको आन्दोलनदेखि डराउने तर तिनको पक्षमा काम गर्न नसक्ने ?,’ उनले प्रश्न गरिन ।

