काठमाडौँ । नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने विभेदकारी व्यवस्था हटाउन कांग्रेस सचेतकले माग गरेकी छन् । बिहीबार संसदमा बाेल्दै नेपाली कांग्रेसकी सचेतक सुशिला थिङले राज्यले विवाहित र अविवाहित भनेर करमा गरेको विभेद हटाउनुपर्ने माग गरेकी हुन् ।
थिङले का अनुसार कानुनतः परिवार भन्नाले आमा, बुबा, छोरा, छोरी, पति, पत्नि, बाजे, बज्जै र सौतेनी आमा पर्दछन् ।
उनले भनिन, ‘अविवाहित र विवाहित भनेर कर उठाउन पाइँदैन । यस्तो विभेदकारी कर नीति यसपालीदेखि खारेज गरियोस् ।’
‘बाबु र आमाको मृत्यु भइसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवभाहितको कमाइमा बढी कर लगाउँदै आएको छ’, सांसद थिङले असन्तुष्टि व्यक्त गरिन् ।
‘के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछन,’ उनी थप्छिन्, ‘यदि राज्यलाई विभेद गरी कर उठाउन लाज लाग्दैन भने हामी अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार छन् ।’

