युवा पुस्तालाई प्राथमिकतामा राखेर नीति तथा कार्य्रकम ल्याएको प्रधानमन्त्रीको दाबी

'यस पटकको नीति र कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छ नै । त्यसमा पनि युवाहरुलाई स्टार्टअपमार्फत् उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिइएको छ ।'

spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्य्रकम ल्याएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विषयमा बाेल्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सबै विषय समेट्न प्रयास गरिएको बताएका छन् । उनले यस पटककाे नीति र कार्यक्रममा युवाहरुलाई लक्षित कार्यक्रम ल्याएबाे समेत बताए । उनले भने, ‘यस पटकको नीति र कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छ नै । त्यसमा पनि युवाहरुलाई स्टार्टअपमार्फत् उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिइएको छ ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमले युवा पुस्तालाई नयाँ जाँगर र ऊर्जा प्रदान गर्ने पनि दाबी गर्दै उनले भने, ‘यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरूमा अल्मलिएका युवाहरूलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु ।’

त्यस्तै जेन–जी’का लागि विशेष स्थान र भूमिका दिएर नीति तथा कार्यक्रम ल्याइएको पनि उनले बताए ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विषयमा पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको समेत बताए । उनले उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखी सरकारले प्राथमिकीकरण गर्दै आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार