काडमाडाैँ । कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ ।पिताम्बरमा प्रदिप खड्का एक्शन अवतारमा देखिएका छन ।
३ मिनेट १४ सेकेण्ड रनटाइमको ट्रेलरमा एक्सन, ड्रामा, रोमान्स र संवेदनाको कथा समेटिएको छ । यो फिल्मको केन्द्रमा महिलाविरुद्ध हुने अत्याचारको कथा समेटिएको छ । महिलामाथिको अन्याय र शोषणविरुद्ध ‘पिताम्बर’ नामक शीर्ष पात्रले खलपात्रविरुद्ध लड्ने लडाइको कथा ट्रेलरमा देखाइएकाे छ ।
निर्देशक चौलागाईंले पात्रमार्फत महिलामाथि हुने अन्याय र अत्याचारको कथा पेश गरेकी छन् ।
प्रदीप खड्का, सौगात मल्ल, प्रमोद अग्रहरि, दिब्यदेवको एक्सन अवतार आकर्षक छ । यो मल्स्टिारर फिल्ममा आर्यन सिग्देल, अनुपविक्रम शाही, दिब्या रायमाझी, सुरक्षा पन्त, गौरी मल्ल, सुपुष्पा भट्ट, रवीन्द्र झा, कामेश्वर चौरासिया लगायतको शीर्ष भूमिका छ ।
विशाल चौलागाईंले निर्माण गरेको ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।

