काठमाडौँ । ६ महिनामा साढे पाँच लाख बढी विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध
गत जनवरीदेखि जुन महिनामा विश्वका विभिन्न मुलुकबाट ५ लाख ७७ हजार ६८९ पर्यटन नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डकाे तथ्याङ्कमा उल्लेख छ ।
तर, गत वर्षको सोही अवधिमा भने ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
पर्यटक आगमनको मुख्य सिजन भने अक्टोबर देखि मार्च महिनासम्मलाई लिइन्छ । तर अहिलेकाे अफसिजनमा समेत उल्लेख्य मात्रामा विदेसी पर्यटक नेपाल घुम्न आएका छन् ।
बोर्डका अनुसार अप्रिलदेखि सेप्टेम्बरलाई भने अफसिजन मानिन्छ । यस सिजनमा अहिले औसत ९६ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । गत जुन महिनामा ७६ हजार ४२५ जना विदेशी पर्यटक आएका बाेर्डकाे तथ्याङ्क छ । मे महिनामा ८६ हजार २१६ जना पर्यटक नेपाल आएका थिए ।
सन् २०२५ को पहिलो महिना (जनवरी) मा ७९ हजार ९९१ जना, फेब्रअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ६८७ र अप्रिलमा १ लाख १६ हजार ४९० जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क छ ।
नेपाल भ्रमणमा आउने सबैभन्दा ठुलो संख्या भारतीयकाे छ । एकै महिनामा ३२ हजार ६६२ जना भारतीय पर्यटक हवाईमार्ग मार्फत नेपाल भ्रमणका लागि आएका छन् । स्थलमार्गबाट पनि ठूलो संख्यामा भारतीय पर्यटक नेपाल आउने भए पनि त्यसकाे भने तथ्याङ्क छैन ।
भारतपछि अमेरिकाबाट एकै महिना ९ हजार ६९६ जना पर्यटक नेपाल घुम्न आएका छन् ।
यस्तै, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४४९, बेलायतबाट २ हजार २८४, अष्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३४८, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ जना पर्यटक नेपाल घुम्न आएका पर्यटन बाेर्डकाे तथ्याङ्मा उल्लेख छ ।

