काठमाडौं । सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क हटाएकाे छ । सरकारले २०८० को आर्थिक ऐनदेखि पर्यटकका रूपमा भ्रमणका लागि विदेश जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा लगाएकाे शुल्क हटाएकाे हाे ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक २०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् ।
कोरोना महामारी लगत्तै विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न र वैदेशिक पर्यटन निरुत्साहित गर्न विदेश भ्रमणमा जाने नेपालीका लागि ५ प्रतिशत शुल्क उठाएको थियो ।
वैदेशिक भ्रमण प्याकेज विक्रेताले प्याकेज बिक्रीका बेला, फर्म वा कम्पनीले व्यवसाय प्रवद्र्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च लेखांकनका बेला उक्त शुल्क लिनुपर्ने व्यवस्था ऐनमा गरेको थियो ।
तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा उक्त व्यवस्था नै हटाइ संसद्मा दर्ता गरिएको छ । आर्थिक ऐन २०८० को दफा २० र आर्थिक ऐन २०८१ को दफा २२ मा वैदेशिक भ्रमण शुल्क सम्बन्धी व्यवस्था थियो ।

