आज जनकपुर र लुम्बिनी भिड्दै, लुम्बिनीले प्लेअफमा स्थान बनाउला त ?

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे अनिल शाह र राेहित पाैडेल आमनेसामने हुनेछन्।

प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ।

लुम्बिनी अघिल्लो ६ मध्ये  ३ खेल जितेकाे छ । अंक तालिकामा ६ अंक जोडेको लुम्बिनी आजको खेल जिते प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

सुदुरपश्चिम राेयल्स, काठमाडाैँ गाेर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेका छन् ।

प्रतियोगितामा अपराजित रहँदै १२ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ। उसले अझै एक खेल खेल्न बाँकी छ।

सबै खेल खेलिसकेको काठमान्डु १० अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल बाँकी रहेको विराटनगर ८ अंक बनाएर तेस्रो स्थानमा छ।

यस्तै, लुम्बिनी चौथो स्थानमा छ । लुम्बिनीले आजकाे खेल जिते प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ।

पहिलो संस्करणको विजेता जनकपुरले भने यसपालि राम्राे प्रदर्शन गर्नसकेकाे छैन । २ अंक सहित तालिकाको पुछारमा रहेको जनकपुरले अघिल्लो ५ मध्ये एउटा मात्रै खेल जितेको छ। जनकपुरले शुक्रबार आफ्नो छैटौं खेल खेल्दैछ।

लुम्बिनीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

जनकपुर बोल्ट्समा अनिल साह (कप्तान/विकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी-ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार