जनकपुरकाे पहिलाे जित, पोखरा र कर्णालीमा कसले जित्ला ?

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज मङ्गलबार बिहान भएकाे खेलमा जनकपुर बाेल्ट्सले पहिलाे जित निकालेकाे छ । त्रिभुवन क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजलाई  ६ विकेटको पराजित गरेको हाे ।

यो जितसँगै ५ खेल खेलेको जनकपूरले दुई अंक जोडेको छ ।

चितवनले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । जनकपुरका लागि सदाकतले ३० बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । यसैगरी अनिलले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१, आदित्य महताले अविजित १८ र जान निकाले लोफ्टी इटोनले ११ रन बनाए ।

यस्तै अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुदैछन् ।

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । दुवैटोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ ।

चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । ५ खेलमा १ खेल मात्र जितेकाे कर्णाली भने यो खेल जित्नैपर्ने दबाबमा छ ।

मङ्सिर १ गते शुरू प्रतियोगितामा हालसम्म २० खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार