सुदुरपिश्चम रोयल्सको क्रेज, अब हुने दुवै खेलको टिकट सोल्ड आउट

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल)काे दाेसाे संस्करणमा सुदूरपश्चिम रोयल्सका अब हुने २ खेलका सबै टिकट सोल्ड आउट भैसकेका छन् । अरु टिमको खेलको दिन भन्दा सुदूरपश्चिम रोयल्सको खेल भएको दिन सबै टिकट बिक्री हुनुले सुदरपिश्चमको क्रेज देखाउँछ ।

४ डिसेम्बरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुँदैछ । खल्ती एपमा यो खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको छ । आगामी शनिबार अर्थात ६ डिसेम्बरमा हुने विराटनगर र सुदूरपश्चिमबीच हुने खेलको समेत सबै टिकट बिक्री भइसकेको छ ।

सबैभन्दा बढी समर्थक भएको टिमका रूपमा सुदुरपश्चिम रोयल्स देखिन्छ । सोसल मिडियामा समेत अरु टिमभन्दा बढी फलोअर्स भएको रोयल्सले मैदानमा पनि उल्लेख्य दर्शकको साथ पाउने गरेको छ ।

जबकि, २ डिसेम्बर अर्थात् आज भइरहेको पोखरा एभेञ्जर्स र कर्णाली याक्सबीचको खेलका लागि अहिले पनि टिकट उपलब्ध छ । यस्तै ३ डिसेम्बर अर्थात भोलि हुने विराटनगर भर्सेस लुम्बिनी लायन्सको खेलमा विराटनगरबाट  खेलमा विश्वचर्चित खेलाडी फाफ डु प्लेसिस खेल्ने सम्भावना छ हुँदा पनि अझै टिकट उपल्ब्ध छ । सुदुरपश्चिम रोयल्सका खेल समर्थकको जस्तो उत्साह अन्य टिमको देखिएको छैन ।

 

सम्बन्धित समाचार

ताजा समाचार