बलिङमा चम्किएका सन्दिप

हाल जारी एनपिएल सिजन २ मा ४ खेल खेलेका सन्दिपले १६ ओभर अर्थात ९६ बलमा ७९ रन खर्चिएर ९ विकेट लिएका छन् । उनी हालसम्मको बलिङ प्रदर्शनमा समग्र लिगको पहिलो स्थानमा छन् ।

spot_img

काठमाडाैँ । अहिले नेपाल प्रिमियर लिग सिजन २ काे चर्चाले नेपाल क्रिकेटमय भएकाे छ । मैदानदेखी सामाजिक सञ्जालसम्म किकेटका दर्शकहरू आफ्नाे समर्थनहरू जनाइरहेका छन् । हरेक खेल सकिएलगत्तै खेलाडिहरूकाे प्रर्दशनकाे निकै चर्चा भइरहेकाे छ । अहिले राम्राे प्रदर्शन गरीरहेका खेलाडिकाे सूचिमा सन्दिपकाे नाम अग्रपंतिमा छ ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको चर्चा बलिङ स्किलको निकै नै चर्चा भइरहेको छ ।

हाल जारी एनपिएल सिजन २ मा ४ खेल खेलेका सन्दिपले १६ ओभर अर्थात ९६ बलमा ७९ रन खर्चिएर ९ विकेट लिएका छन् । उनी हालसम्मको बलिङ प्रदर्शनमा समग्र लिगको पहिलो स्थानमा छन् ।

एनपीएलकै सार्वाधिक योगफल २ सय २१ रन बनाएकाे पोखराविरूद्धकाे बिराटनगरकाे पहिलो खेलमै खेलमा सन्दिपले २ विकेट लिए ।

यस्तै काठमाण्डू गोर्खाजविरुद्धको दोस्रो खेलमा विराटनगरले ५ विकेटले जित्यो । यस खेलमा पनि सन्दिपले १ विकेट लिए ।
जनकपूर बोल्टसँगको तेस्रो खेलमा सन्दिपले ४ विकेट लिए । उनले ४ ओभरमा कुनै पनि चौका र छक्का नदिइ ११ रन मात्र खर्चिए । यस खेलमा सन्दिप प्लेयर अफ द म्याच नै भए । चितवन राइनोजसँगको चौथो खेलमा विराटनगरले हारे पनि सन्दिपले भने २ विकेट लिए ।

३ खेल सजिलै जितेको विराटनगरका कप्तान सन्दीप लामिछानेको ‘क्लास’ देखिन्छ । उनको अघिल्लो सिजनको प्रदर्शन खासै राम्रो थिएन । तर, यसपल्ट सन्दीपले आफ्नो ‘प्राइमकै क्लास’ झल्किने गरी प्रदर्शन गरिरहेका छन् । आगामी खेलमा पनि उनले यो लय कायम गरे भने उपाधि यात्रामा विराटनगरलाई उपाधि जित्न सहज हुने देखिन्छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार