अपराजित सुदूरपश्चिमलाई लुम्बिनीले सरप्राइज देला त?

spot_img

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा बिहीबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुदैछ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय मैदानमा पौने १२ बजे खेल सुरु भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोएल्सलाई १४४ रनको लक्ष्य दिएकाे छ । अहिले सुदुरपश्चिम ब्याटिङ गरीरहेकाे छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भयो ।

लगातार तीन खेल जितेको सुदूरपश्चिम उत्कृष्ट लयमा देखिएको छ । सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्सलाई पराजित गरिसकेको छ ।

पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी भने त्यसपछिका दुई खेलमा कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ । बिहीबारको खेलमा सुदूरपश्चिमको लयलाई लुम्बिनी लायन्सले रोक्ला वा सुदूरपश्चिम लगातार चार खेल जित्दै प्लेअफ नजिक पुग्ला सबैको प्रतीक्षाको विषय बनेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बलिङ र ब्याटिङमा नचले फिल्डिङमा योगदान गर्ने र त्यो पनि नभए टिमको माहोल बनाउने क्षमता दीपेन्द्रसँग रहेकाले सुदुरपश्चमले आफ्नो लय कायम गर्न सक्ने आकलन भैरहेको छ ।

गत संस्करणमा यी दुई टोलीबीच भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित हुँदै ६ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

यस्तै आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् । यी दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।

जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटले जितेको थियो ।

जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमशः सातौं र आठौं स्थानमा रहेका छन् ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार