काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे दुई टोलीबिच खेल हुदैछ । यो दुवै टोलीको दोस्रो खेल हो ।
पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो भने पोखराले राम्रो प्रदर्शन गर्न सकेको थिएन । गत संस्करणमा सुदुरपश्चिमसँग पोखरा ५ रनले पराजित भएको थियो । आजको खेलमा पोखरासँग त्यो हारको बदला लिने समय छ ।
साबिक उपविजेता सुदूरपश्चिमले भने पहिलो खेलमै काठमान्डु गोर्खाजविरुद्ध २९ रनको उत्कृष्ट जित दर्ता गरेसँगै दोस्रो खेलमा पनि आत्मविश्वासी देखिएको छ । यो टोलीको बलिङ सधैं आक्रामक छ ।
यस सिजनको पहिलो खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहले जीवनदान दिएका थिए । हर्मितले २० बलमा बलमै २ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५३ रन बनाएका थिए । हर्मित सिंहको अल्राउन्ड पर्फमेन्सले खेलको नतिजा नै पल्टाएको थियो । सुदुरपश्चिमको उत्कृष्ट बलिङ र फिल्डिङले हार्न आकलन गरेको खेललाई जितमा बदलेको थियो । यसकारण पनि अघिल्लो खेल हेर्दा सुदुरपश्चिमको पल्ला भारी देखिन्छ ।
अझ सुदुरपश्चिमका फ्यानको हुटिङ र सर्पोट अर्को बलियो पक्ष हो । सम्भवतः सुदुरपश्चिमको सबैभन्दा बढी फ्यान फलोइङ छ । सुदुपश्चिमको खेलका दिनका सबै टिकक सोल्डआउट हुन्छन् । आजका समेत सबै टिकट सोल्ड आउट भइसकेका छन् ।
यता, कुशल भूर्तेलले कप्तानी गरीरहेको पोखरा पनि यो खेल जित्नैपर्ने दबाबमा छ । यस टोलीले दोस्रो संस्करणमा सुखद् सुरुआत गर्ने अपेक्षा राखेको पनि पहिलो खेलमै हार खेप्नुपर्यो । विराटनगर किंग्ससँग पोखराले ५३ रनको हार बेहोर्यो ।
तरपनि पोखराले पहिलो खेलबाट केही राम्रा संकेत छाडेकाे छ । कुशलको आक्रामक ब्याटिङपनि सम्झनयोग्य छ । उनको ब्याटिङले कमेन्ट्री बक्सको सिसा नै फुटेको थियो ।
यस्तै गत संस्करणमा जनकपूरलाई उपाधी जित्न महत्वपूर्ण भूमिका खेलेको जेम्स नीशन टिममा हुनुले सकारात्मक संकेत छोडेको छ । यसैगरी जेसन रोय लगायतका भरपर्दा बिदेशी खेलाडी हुनुले पोखरालाई उपाधिका दाबेदारका रुपमा हेरीएको छ । टिममा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन् ।
यता, गत संस्करणमा जम्मा २ खेल मात्र हारेकाे सुदुरपश्चिम, उत्कृष्ट घरेलु खेलाडी सँगै क्रिस लिन, जोस ब्राउन, हर्मित सिंह जस्ता बिदेशी खेलाडीले टिम सन्तुलित देखिएको छ ।
यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन् ।

