अन्तराष्ट्रिय महिला क्रिकेट टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित

spot_img

काठमाडौं – अन्तराष्ट्रिय महिला क्रिकेट टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली मलेसियासंग पराजित भएको छ। वायुमास ओभल स्टेडियममा जारी तेस्रो खेलमा नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ।

मलेसियाले दिएको १ सय २१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन मात्रै बनाउन सफल भयो।

ओपनरद्वय सम्झना खड्का र रुबी पोद्दारले पहिलो विकेटको लागि ४१ रनको साझेदारी गरे। सम्झना १८ रनमा आउट भइन्। ३७ बलमा रुबिले नेपालको लागि सर्वाधिक ३१ रन जोडिन्।

यसपछि कविता कुँवरले १५ रन तथा कप्तान इन्दु बर्माले २२ रन जोडिन्। यसबाहेक अन्य खेलाडीले दोहोरो रन छुन नसक्दा नेपाल १ सय ७ रनमा समेटियो।

मलेसियाको तर्फबाट पनर आइना हमिजाले सानदार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। यस्तै मास इल्साले ३० रन बनाउँदा वेन जुलियाले १६ रन जोडिन्।

बलिङमा कविता कुँवर र कविता जोशीले समान २ विकेट लिए। यसअघि पहिलो खेलमा ३ रनले हारेको नेपालले दोस्रो खेल ६ विकेटले जितेको थियो।‌ सिरिज आफ्नो पक्षमा पार्न अब नेपाललाई बाकी दुवै खेल जित्नुपर्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार