राेहितकाे शतकमा साउथ अस्ट्रेलियाविरूद्ध नेपालकाे जित

spot_img

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेलमा जित निकालेको छ ।

शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाविरूद्धकाे खेलमा नेपालले २ विकेटको जित निकालेकाे हाे ।

२४३ रनको लक्ष्य पछ्याएकाे नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

साउथ अस्ट्रेलियाका लागि हूगनबोइजेमले ५३ रन र ह्यारी मानेन्टीले ६३ रन बनाए ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले ३/३ विकेट लिए । रूपेश सिंह, सन्दीप लामिछाने र शाहब अलामले

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतक प्रहार गरे । उनले नटआउट १०१ रन बनाए । गुल्सन झाले ३६ रन र सोमपाल कामीले नटआउट ४० रन बनाए ।

यसअघि नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको थियो । यस्तै नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा भने जित निकालेको थियो ।

टप एन्ड टी-२० सिरिज खेल्न गएकाे नेपालले खेल समाप्त भएपछि टी-२० अभ्यास खेल खेलेकाे हाे ।

सम्बन्धित समाचार

ताजा समाचार