काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन १ मंसिरदेखि सुरू हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार एनपीएलको दोस्रो सिजन आगामी १ देखि २७ मंसिरसम्म आयोजना हुनेछ ।
लिगमा विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज्, काठमान्डू गुर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगिताका लागि क्यानले हालै अक्सनसमेत सम्पन्न गरेको थियो । त्यस्तै दोस्रो सिजनका लागि त्रिवि क्रिकेट मैदानमा प्याराफिट निर्माण र कुर्सी राख्ने काम भइरहेको छ ।
पहिलो संस्करणको प्रतियोगिता २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो ।
फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।

