साफ यू- २० महिला च्याम्पियनसीपकाे अन्तिम खेल आज हुँदै, नेपाललाई जित्नै पर्ने दवाव

spot_img

काठमाडाैँ । साफ यू- २० महिला च्याम्पियनसीपकाे अन्तिम खेल आज (साेमबार) नेपाली समयअनुसार बेलुका ६ : ४५ बजे बंगलादेशमा हुने छ । अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दै छन् ।

उपाधिका लागि नेपाललाई याे खेल जित्नै पर्ने दबाब रहेकाे छ ।

चार टाेली सहभागी प्रतियाेगितामा बंगलादेश अपराजित रहँदै १५ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तै एक खेलमा पराजित भएकाे नेपाल १२ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ ।

नेपालले प्रतियाेगितकाे उपाधिका लागि बंगलादेशलाई जित्नै पर्ने दबाब छ भने, बंगलादेशले खेल बराबरी भएपनि उपाधि जित्ने छ ।

सम्बन्धित समाचार

ताजा समाचार