भुटानविरूद्ध नेपालकाे फराकिलाे जित, मलेसियासँग सेमिफाइनल खेल्ने

spot_img

काठमाडौं । नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ ।

मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएकाे खेलमा भुटानलाई २९८ रन अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

तेस्राे जितसँगै साबिक विजेता नेपालले अपराजित रहँदै एसिसी यु-१६ इस्ट जोन कपको समूह चरणका खेल सकाएको छ ।

नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्याे ।

भुटानका शेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङ चोपेलले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको लक्ष्य दिएकाे थियाे ।

नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन हाने । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन बनाए ।

जोय थापाले ६७ बलमा ७ चौका हान्दै ६१ रनमा अविजित रहे ।

यसअघि शतक बनाएका प्रसिद्ध जैसी ७ रनमा आउट भए । परिमार्जन यादव २ रनमा बाहिरिए ।

भुटानका लागि सञ्जय दोर्जेले ३ विकेट लिए ।

नेपालका कप्तान विपिनप्रसाद शर्माले सर्वाधिक ४ विकेट लिए । सूर्य भट्टराई र सचिन भट्टले समान २ विकेट लिए।

योसँगै नेपाल चार खेलमा आठ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्यो । चारै खेलमा पराजित भुटान अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।

सम्बन्धित समाचार

ताजा समाचार