काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा नेपालले लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ ।
उज्वेकिस्तानमा जारी खेलमा डेब्यु कप्तानीमा साम्बाले ह्याट्रिक सहित ४ गाेल गरीन । उनले खेलको ४४, ५५ र ७५ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै ७९ मिनेटमा साम्बाले चौथो गोल गरिन् ।
पहिलो गोल अनिता बस्नेतले १२औं मिनेटमा, सरु लिम्बुले ४७, रश्मीकुमारी घिसिङले ५६ र अनिता केसीले ८३ मिनेटमा एक एक गोल गरे । लाओसले ८९ मिनेटमा आत्मघाती गोल गर्यो ।
यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।
समूह ‘एफ’ को छनोटमा समूहमा अब नेपालले बुधबार श्रीलंका र शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ। यो समूहमा शीर्ष स्थान हात पारे मात्र नेपाल एसियन कपमा छनोट हुनेछ ।

