काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन अन्तरगत आइतबार भएको खेलमा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेको छ ।
४२१ रनको विशाल लक्ष्य पच्छ्याएको इन्डोनेशियालाई नेपालले २४ ओभर ३ बलमा ५० रनमा अलआउट गर्यो । ओपनिङ ब्याटर प्रसिद्ध जैसीले शतक हाने भने कप्तान बिपिन प्रसाद शर्माले ६ विकेट लिए ।
विपिनले ७ दशमलव ३ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिए ।
पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शतकीय पारी खेलेका थिए । परिमार्जन यादवले ७१, रौनक श्रीवास्तवले ८८ र जोय थापाले ५७ रन बनाएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाउँदै इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको थियो ।

