काठमाडौँ । आईसीसी लिग–२ अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल आसिफ शेख, सोमपाल कामी र गुल्शन झाबिना मैदानमा उत्रिएकाे छ ।
तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा प्रशिक्षण दौरान घाइते भएका कारण उनीहरूले याे खेलका साथै यसपछि हुने टी-२० आई त्रिकोणीय श्रृंखलाका सम्पूर्ण खेल गुमाउने भएका छन् ।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको हो ।
ओपनिङ ब्याटर आसिफको ब्याट यो शृंखलाका ३ वटै खेलमा चलन नसक्दा आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । गुल्सनको स्थानमा बसिर अहमद र सोमपाल कामीको स्थानमा नन्दन यादवलाई समेटिएको छ । यससँगै नन्दनले एकदिवसीय राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन। दुई महिनाअघि टी-२० मा डेब्यू गरेका नन्दनले सिरिजको चौथो खेलमा डेब्यूको अवसर पाएका हुन् ।
यसअघि यी तीनै खेलाडीले सिरिजका तीनवटै खेल खेलेका थिए ।
आज नेपालले लिग-२ को चौथो तथा अन्तिम खेलमा नेपाली टोलीले अहिले नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ । स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । यसअघि सिरिज अन्तरगत कै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी छन् ।
पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
यो सिरिजपछि नेपालले यी दुवै टोलीसँग टी-२० सिरिज खेल्दैछ ।

