पहिलाेपटक बेंगलुरु बन्याे आइपिएल च्याम्पिएन

spot_img

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करणमा रोयल च्यालेञ्जर्स बेंगलुरुले पहिलोपटक उपाधि जितेको छ । नरेन्द्र मोदी स्टेडियममा आज भएको खेलमा बैङ्गलोरले पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि लक्ष्य पक्षाउन सकेनन् ।

शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो ।

विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन बनाए । त्यस्तै मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १/१ विकेट लिए ।

सम्बन्धित समाचार

ताजा समाचार