स्कटल्यान्ड ‘ए’ सँग नेपाल १०२ रनले पराजित

spot_img

काठमाडौँ ।  स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपाल १०२ रनले पराजित भएकाे छ । आईसीसी विश्वकप लिग २ क्रिकेटका लागि स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले स्कटल्याण्ड ए सँगको अभ्यास खेलमा पराजित भएकाे हाे ।

वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा स्कटल्यान्ड ‘ए’ले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले २९.४ ओभरमा सबै विकेट गुमाँदै ११० रन मात्रै बनाउन सक्यो ।

नेपालका आसिफ शेखले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले १७ र गुल्शनकुमार झाले १० रन बनाए । अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि जैनुल्लाह इहसानले ४ र म्याकेन्जी जोन्सले ३ विकेट लिए । जेम्स डिकिन्सनले २ र ओली डेभिडसनले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ए ले ४० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो । कप्तान क्रिस म्याकब्राइडले सर्वाधिक ७२ रन बनाए । त्यस्तै जेमी डन्कले ४८ तथा ओवेन गुल्डले २८ र लियाम नेलरले २५ रन बनाए ।

नेपालका सोमपाल कामीले  ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए । गुल्शन झा र ललित राजवंशीले समान १ विकेट लिए ।

नेपालले शनिबार दोस्रो अभ्यास एकदिवसीय खेल खेल्नेछ ।

सम्बन्धित समाचार

ताजा समाचार