काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोर ९ वर्षपछि पहिलोपटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार राति भएको पहिलो क्वालिफायरमा पन्जाब किंग्सलाई ८ विकेटको पराजित गर्दै सन् २०१६ पछि पहिलाेपटक बैंग्लोर फाइनलमा पुगेकाे हो ।

पञ्जावले दिएको १ सय २ रनको लक्ष्य बैंग्लोरले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
बैंग्लोरका लागि ओपनर फिल साल्टले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । र कप्तान रजत पाटिदार १५ रनमा नटआउट रहे । विराट कोहली १२ र मयंक अग्रवाल १९ रनमा पेभेलियन फर्के।

त्यसअघि मल्लापुरस्थित महाराजा याधावृन्द सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंग्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले १४.१ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो । पञ्जावका लागि माक्युर्स स्टोइनिसले २६, प्रभिसमरन सिंह र अज्मातुल्लाह ओमारजाइले समान १८ रन बनाए ।
बैंग्लोरका जस हेजलवुड र सुयस शर्माले समान ३ विकेट लिए । यस दयालले २ विकेट लिए । भुवनेश्वर कुँवर र रोमारियो सेफर्डले समान एक विकेट लिए ।
पराजित भएको पञ्जावले अब फाइनल पुग्न अझै एक मौका पाउनेछ । पञ्जावले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।
बैंग्लोर चौथो पटक आइपिएलको फाइनलमा पुगेको हो । बैंग्लोरले जुन ३ मा अहमदाबादमा फाइनल खेल्नेछ ।
अर्कोतर्फ, पञ्जाब किंग्सले जुन १ मा क्वालिफायर–२ मा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

