काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ।
शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५/५ अंक थियाे । तर नेपाल बढी जित निकालेका आधारमा नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।
९ टिम सहभागी प्रतियोगितामा तीन समूहमा रहेका शीर्ष तीन टिम सुपर थ्रीमा पुगेका हुन् । नेपालसँगै समूह ‘ए’ बाट थाइल्यान्ड र समूह ‘बी’ बाट यूएई सुपर-३ मा प्रवेश गरेका छन् ।
अब सुपर-३ मा तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि शीर्ष -२ मा रहने टिम विश्वकपका लागि छनोट हुनेछन् ।
नेपालले अब सुपर ३ मा बलिया टोली यूएई र थाइल्याण्डसँग खेल्नेछ ।

