२८औं पटक बार्सिलोना बन्यो ला लिगा च्याम्पियन

spot_img

काठमाडौँ । बार्सिलोनाले २८औं पटक स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ ।

बिहीबार राति सम्पन्न खेलमा एस्पान्योललाई २-० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगाबै उपाधी जितेको हो ।

बार्सिलोनाका लागि यमलले ५३औं मिनेटमा र लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले ३६ खेलबाट बार्सिलोनाको ८५ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ । रियल मड्रिटले पनि दुई खेल खेल्न बाँकी छ। उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ अंक मात्रै हुन्छ ।

शिर्ष स्थानमा रहि ८५ अंक सहित लिगमा सबै टिमले दुई खेल खेल्न बाँकी हुँदै बार्सीलोनाले जारी सिजनको उपाधि जितेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार